• समाचार

    बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जना पक्राउ

      ओमकार टाइम्स

    काठमाडौं महानगरपालिका-५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।

     

    बुधबार राति उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ ।

    प्रतिकृया दिनुहोस