• स्वास्थ

    कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघ्यो , आज ३ हजार ७४९ जना संक्रमित

      ओमकार टाइम्स

    काठमाडौं– नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार २९३ निको भएका छन् भने ५९ संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ९०१ जनाको पीसीआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण भएको थियो।

    प्रतिकृया दिनुहोस