• विदेश

    गरिब देशहरूलाई १० करोड खोप दिने बेलायती प्रधानमन्त्रीकाे घोषणा

      ओमकार टाइम्स

    बेलायतले आफूसँग भएका अतिरिक्त खोपहरू गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ।

    जी सेभेन बैठकअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरूलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन् ।

    सेप्टेसम्बरको अन्त्यसम्म ५० लाख डोज र यो वर्षको अन्त्यसम्ममा थप दुई करोड खोप उपलब्ध गराउने भएको हो ।

    बेलायतसँग रहेको अतिरिक्त खोपहरू गरिब देशलाई वितरणबाट कोरोना महामारी नियन्त्रणमा ठूलो कदम हुने समेत उनले बताएका बिबिसीले जनाएकाे छ ।

    यसअघि बेलायतले कोभ्याक्समार्फत खोपको सहायता गर्ने बताएको थियो ।

    प्रतिकृया दिनुहोस