• देश

    अरुण तेस्रो जलविद्युत् परियोजनाको सुरुङमा पहिरो खसेर दुई मजदुर घाइते

      ओमकार


    संखुवासभा । संखुवासभामा निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको पावर हाउस चिचिला गाउँपालिका–३ केराबारी पुखुवामा सुरुङ खसेर दुई मजदुर घाइते भएका छन्।

     

    सुरुङ मार्गका काम गर्दागर्दै माथिबाट खसेको पहिरोले एक भारतीय र एक नेपाली घाइते भएका हुन्। घाइते हुनेमा भारतीय विहार प्रान्त राजपुर जिल्लाका विवेक सिंह र दार्चुला नगाड गाउँपालिका–४ का अकवर सिंह ठगुन्ना रहेका छन् ।

     

    घाइते भारतीय विवेकको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ भने दार्चुलाका अकवर सिंहको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस