• समाचार

    सरकारको प्रतिनिधित्व नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

      ओमकार टाइम्स

    गण्डकी प्रदेशसभाको बैठक शुक्रबार केहीबेर बसेर स्थगित भएको छ ।

    बैठकको सुरुमै सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई कारवाही गरिएको सम्बन्धमा संसदीय दलका तर्फबाट पठाइएको पत्र पढेर सुनाएका थिए ।

     

    लगत्तै बैठकलाई अन्य कार्यसूचीमा प्रवेश गराउन खोज्दा एमालेका सांसदले बैठकमा सरकारका तर्फबाट प्रतिनिधित्व नरहेको भन्दै प्रदेशसभा नियमावलीअनुसार बैठक सञ्चालन हुन नसक्ने सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराएका थिए ।

    लगत्तै सभामुखले बैठक स्थगित गरिएको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस