• स्वास्थ

    नेपालमा थप दुई हजार ७०९ जनामा कोरोना पुष्टि

      ओमकार टाइम्स

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।

    पछिल्लो २४ घन्टामा ९ हजार ५९८ जनामा पीसीआर परीक्षण गरिएको थियो । यसैगरी, ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १ हजार ४१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ । यस्तै, २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

    मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस