• समाचार

    प्राध्यापक राधाको निधनप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

      ओमकार टाइम्स


    नयाँ दिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतका एकजना प्रख्यात अर्थशास्त्री प्राध्यापक राधा मोहनको निधनप्रति दुःख व्यक्त गरेका छन् । भारतको सबैभन्दा प्रतिष्ठित मानिएको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त गरेका प्राध्यापक राधा मोहन यहाँका प्रख्यात अर्थशास्त्री पनि थिए ।

    उनले आज ट्वीट गर्दै भनेका छन्, ‘राधा मोहन भारतका एकजना वरिष्ठ वातावरणविद् पनि हुनुहुन्थ्यो ।’ राष्ट्रपति कोविन्दले प्राध्यापक राधा मोहनको निधनले भारतमा आर्थिक तथा वातावरणको क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताएका छन् ।

    भारतको अर्थतन्त्र तथा वातावरणका क्षेत्रमा राधा मोहनले ठूलो योगदान पुर्याउनु भएको पनि राष्ट्रपति कोविन्दले गरेको ट्वीटमा उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्राध्यापक राधा मोहनले भारतमा कृषि, वातावरण र अर्थतन्त्रको क्षेत्रमा ठूलो योगदान पुर्याएको बताएका छन् ।

    प्रधानमान्त्री मोदीले दिगो कृषिका साथै कृषि प्रणालीलाई आधुनिक बनाउनमा ठूलो योगदान पुर्याएको चर्चा गर्दै उहाँको निधनबाट भारतले यस क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपरेको धारणा राखेका छन् । राधा मोहनको उडीसाको एक अस्पतालमा उपाचार भइरहेको थियो । उनको ७८ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस