• समाचार

    सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

      ओमकार टाइम्स

    सुर्खेत । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि  आक्रमण भएको प्रहरीले बताएको छ ।

     

    सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।

    शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

     

    शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरुको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन् ।

    सुर्खेत प्रहरीका अनुसार  शाहीको समूह र स्थानीयबीच झडप भएको हो । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

     

    सो आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको उनले बताए । शाहीमाथि योसँगै सुर्खेतमा तीन पटक आक्रमण भएको छ ।  शाहीको समुहको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको छ ।

    प्रतिकृया दिनुहोस