• धर्म-संस्कृति

    नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छु : नरोत्तम वैद्य

      ओमकार टाइम्स


    काँग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन् ।

    चौतर्फी आलोचना भएपछि काँग्रेसले उनलाई तत्काल अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ ।

    आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्‌ ।

     

    शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए। ​नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्।

    प्रतिकृया दिनुहोस