• समाचार

    कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी

      ओमकार टाइम्स

    कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सरकारले ल्याएको प्रि– बजेट माथिको छलफलपश्चात् प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

     

    स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिबीलाई न्यूनीकरण गर्न आधार सिर्जना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।

     

    वर्तमान अवस्थामा सिर्जित कोरोनालाई नियन्त्रण गर्नु प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस