• सम–सामयिक

    सिद्धार्थ राजमार्ग केही दिनदेखि लगातार परेको वर्षाका कारण ठप्प

      ओमकार टाइम्स


    सिद्धार्थ राजमार्ग केही दिनयतादेखि लगातार परेको वर्षाका कारण ठप्प भएको छ ।

    स्याङ्जा-पोखरा सडकखण्डको भालुपहाडमा बिहान ६ बजे गएको पहिरोले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार अहिले पनि पानी परिरहेको र पहिरो पनि खसिरहेकाले हटाउन समस्या भएको छ । पहिरो हटाउन पोखराबाट डोजर ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो।

     

    बिहानदेखि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन समय लाग्ने डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा, पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।

    प्रतिकृया दिनुहोस