• सम–सामयिक

    कोरोना कहरकै बीच २२ युवाले गरे रक्तदान

      ओमकार टाइम्स

    सिरहा : कोरोना कहरका बीच मिर्चैयाका २२ युवाले रक्तदान गरेका छन् ।

    स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरी युवाले रक्तदान गरेका हुन् ।

     

    कोरोना महामारीका बेला रगतको व्यापक अभाव देखिएकाले रक्तदान गरेको आयोजक क्लबले जनाएको छ ।

    कोरोना कहरमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका मिर्चैया शाखा अध्यक्ष रोविन साहले बताए ।

    प्रतिकृया दिनुहोस