• बिज्ञान/ प्रविधि

    चर्चा क्लबहाउस को

      दिव्या दाहाल

    पछिल्लो समयमा युवा पुस्ताहरुमाझ निकै चर्चित र लोकपृय बनेको छ क्लब हाउस। फेसबुक,ट्वीटर, इन्स्टाग्राम र युट्युब जस्ता सामाजिक संजालहरुमा थपिन आइपुगेको क्लब हाउस छोटों समयमै ट्रेन्डिंग मा पर्न पनि सफल भयो। लकडाउनको समयमा मनोरन्जन सँगसँगै विभिन्न ज्ञानवर्दक कार्यक्रमहरु सन्चालन गर्न सकिने क्लब हाउस आखिर के हो त ?

    २०२० को मार्च महिनामा क्लबहाउस पहिलो पटक संचालनमा आयो। यो एउटा यस्तो एप हो जहाँ प्रयोगकर्ताहरु विविध विषयमा आधारित भई अन्तर्क्रियाहरु गर्ने गर्छन्। अल्फ़ा एक्सप्लोरेसन कम्पनि का पउल डेभिसन र रोहन सेठको संयोजकत्वमा यो नौलो किसिमको एप सन्चालनमा ल्याईएको हो। सामान्य पोडकास्टहरु चलाउने उद्देश्यले निर्माण गरिएको यो एप हाल विश्वभर अधिकांश मानिसहरुले चलाईरहेका छन्। फेसबुक र ट्विटर तथा ईन्स्टाग्रामलाई चुनौति दिइरहेको यो एप सर्वप्रथम आईओएस युजरहरुका लागी मात्र पहुँच योग्य थियो। तर अहिले भने एन्ड्रोइड प्रयोगकर्ताहरुले पनि यो एप सजिलै डाउनलोड
    गर्न सक्छन्।

    क्लबहाउस अन्तर्गत विभिन्न किसिमका रुमहरु रहेका हुन्छन्। ओपन रुम, क्लोज़्ड रुम तथा सोसल रुम।ओपन रुमको मातहत संचालन गरिएका अन्तरक्रियाहरुमा जो कोही ज्वाईन हुन पाउने व्यवस्था हुन्छ भने क्लोज़्ड रुम मा आमन्त्रितहरु मात्र सहभागि हुन्छन् त्यसैगरी सोसल रुममा भने वक्ताका फलोवर्सहरु सहभागी हुन पाउँछन्।विभिन्न विषयमा कुराकानी गर्न संचालन गरिने यस्ता रुममा वक्ता, आयोजक र स्रोताहरु रहन्छन्। आयोजकले स्रोताहरिलाई म्युट र अन्म्युट गर्न तथा अडियन्स वा स्पिकर बनाउन सक्छ।स्रोताहरुले केही कुरा राख्न चाहेमा आँफै ‘रेज ह्यान्डको’ अप्सन दबाउन सक्ने व्यवस्था पनि रहेको छ।

    यी त भए क्लबहाउस भित्रका कुरा। तर, क्लबहाउस एप को आइकनमा देखिने एक महिलाको तस्बिरले सबैको ध्यान खिचिँरहेको छ। छोटो कपाल भएकी यी महिलाको तस्बिर किन क्लबहाउसको आइकनमा छ? यीनको नाम ड्रु काटोओको हो र यिनी एक एसियनअमेरिकी भिजुअल आर्टिस्ट,टेक्नोलोजिस्ट हुन्।सिलिकन भ्यालीमा उनको आर्ट स्टुडियो रहेको छ। क्लबहाउसको माध्यमबाट उनले डा. बर्निंस किंग सँग मिलेर ‘#स्टप एसियन हेट’, #24आवर्स अफ लभ’ नामक इभेन्ट सन्चालन गरिन्।जातिय न्यायालय समर्थन यसको प्रवर्दनका लागी कला र व्यवसायिकताको नेटवर्क मार्फत उनले क्लबहाउस बाट करिब १ लाख अमेरिकि डलर रकम संकलन गरिन्।यस्तै प्रभावशाली कार्य को सम्मान गर्दै क्लबहाउसले उनलाई आँफ्नो आइकनका रुपमा राखियो। यसरी क्लबहाउस को आइकनका रुपमा पर्न सफल उनी आठौँ व्यक्ति हुन्।प्रयोगकर्ताहरुले गरेको प्रभावशाली कार्यलाई सम्मान गर्दै क्लबहाउसले उनीहरुलाई आँफ्नो आइकनका रुपमा राख्दै आएको यो कन्सेप्ट सँग सबै प्रभावित भएका छन्।

    क्लबहाउसमा हुने विभिन्न वहस र अन्तरक्रिया मा सहभागी भई मनोरन्जन साथै ज्ञान पनि आर्जन गर्न सकिने भएकाले यो एप ले निकै चर्चा बटुलिरहेको छ।विश्वभरि फैलिएको कोरोना को आक्रन्तका कारण दिनभरि घरमै बस्न बाध्य भएकाहरुलाई समय बिताउने गतिलो माध्यम बनेको छ, क्लबहाउस ।

    प्रतिकृया दिनुहोस