• राजनीति

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

      ओमकार टाइम्स

    काठमाडौँ : पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

     

    अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो ।

    उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

     

    यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालले लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर स्वास्थ्य लाभ लिएका थिए ।

    प्रतिकृया दिनुहोस