• अर्थ

    आज पनि ७०० रुपैयाँ घट्यो सुनको मूल्य

      ओमकार टाइम्स


    नेपाली बजारमा सोमबार ७०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

    यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

    यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।

    गत गत बिहीबार ३ सयले घटेको सुनकाे मूल्य शुक्रबार ६ सयले बढेको थियो । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले नै घटेको थियो ।

    प्रतिकृया दिनुहोस