• समाचार

    ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

      ओमकार टाइम्स

    कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय  गुलरियाबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस