• समाचार

    ओखलढुंगामा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

      ओमकार टाइम्स

    ओखलढुंगा : उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।

     

    डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिए ।

    कोरोना कहरको डरले शुरुमा अस्पताल नलगिएको र आपतकालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस