• समाचार

    जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ

      ओमकार टाइम्स

    कञ्चनपुर । जबर्जस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए ।

    खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।

    सोही घटनामा संलग्न अर्का धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस