• समाचार

    कर्णाली सरकारले कोभिडबाट मृत्यु भएका नागरिकका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ राहत दिने

      ओमकार टाइम्स

    कर्णाली प्रदेश सरकारले कोभिडबाट मृत्यु भएका नागरिकका परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ राहत दिने भएको छ। गत वैशाख १७ गतेको मन्त्रीपरिषद बैठकले गरेको यो निर्णयलाई जेठ ३० गते कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको हो।

     

    कर्णालीको स्थायी बासिन्दा भई कोरोनाका कारण मृत्यु भएका नागरिकका परिवारलाई राहत उपलब्ध गराइने भएको हो। कोभिडबाट आफन्त गुमाएकाहरुलाई मन्त्रालयले आवश्यक कागजात पेश गर्न समेत आग्रह गरेको छ।

     

    यसका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिस, कोरोना पोजेटिभ रिपोर्ट, मृतकसँग हकवालाको नाता प्रमाणित प्रतिलिपि, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपि, रकम दाबीकर्ताको बैंक खाता नम्बरसहित मन्त्रालयमा निवेशन दिन आग्रह गरिएको छ।

    प्रतिकृया दिनुहोस