• राजनीति

    प्रवक्ता शर्माले मुख्यमन्त्री पोरखेललाई भने: ‘हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ’

      ओमकार टाइम्स

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोरखेललाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत विभिन्‍न सुझाव दिँदै शर्माले मुख्‍यमन्‍त्री पोखरेललाई पत्र पनि लेखेका छन् । पत्रमा प्रवक्‍ता शर्माले मुख्यमन्‍त्रीको कर्मसँग पार्टीको आगामी छवि गाँसिने भन्‍दै राम्रो गर्न सुझाएका छन् ।

    ‘समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ’ पत्रमा उनले भनेका छन्,’आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्। हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ’

    कोरोना महामारीको जटिल अवस्थामा प्रदेशका विभिन्न जिल्लामा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभावमा बिरामीहरुको मृत्यु भएको घटनालाई स्मरण गराउँदै त्यसको निराकरणमा लाग्न सुझाव दिएका छन् ।

    ‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरँहदा सम्झनुनै हुनेछ । यतिबेलाको शासकीय जिम्मेवारी, राजनैतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परवारका यी दुई अनुहार पर्याप्त छन् ।’ शर्माले लेखेको पत्रमा भनिएको छ, ‘समय शंवेदनशील छ, राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ ।

    त्यसैले ‘छाया‘को होइन ‘ऐना‘ को सुझाव लिनोस् । हेक्का रहोस् तपाइको कर्मसँग पार्टीको आगामी छवी गासिन्छ । तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको । प्रदेश सरकारको औचित्य स्थाििपत गर्ने अवसरलाई सकारात्मत प्राण भर्नुहोस् ।’

    प्रतिकृया दिनुहोस