• राजनीति

    पूर्वप्रधानमन्त्री खनालको मिर्गाैलामा समस्या; आजै दिल्ली लगिँदै

      ओमकार टाइम्स


    पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रोस्टेट ग्रन्थी र मिर्गौलासम्बन्धी समस्या देखिएको उनको उपचार गरिरहेको नर्भिक अस्पताल श्रोतले जनाएको छ । केही दिनअघि अस्वस्थ भएपछि खनाललाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

     

    उनलाई थप उपचारका लागि आजै दिल्ली लैजाने तयारी गरिएको र दिल्लीको अपोलो अस्पतालमा खनालको उपचार हुने उनकाे सचिवालयले जनाएकाे छ। अपाेलाेमा खनालकाे नियमित उपचार हुँदै आएकाे छ।

     

    अपाेलाेका चिकित्सकहरँसँगकाे परामर्शअनुसार थप उपचारका लागि उनलाई उतै लैजान थालिएकाे सचिवालयकाे भनाइ छ । नर्भिक अस्पताल श्राेतले खनाललाई मिर्गाैलासहित प्रोस्टेट ग्रन्थीसम्बन्धी समस्या देखिएकाे जानकारी दिएकाे हाे।

    प्रतिकृया दिनुहोस