• समाचार

    हुम्लाको गाउँमा उत्पादित आलुले बजार पाएन्

      ओमकार टाइम्स

    सिमकोट : हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गते रातिबाट निषेधाज्ञा हुँदा, यसको सयमअवधि थपिदै गएपछि डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार पाउन नसकेको हुन् ।

    मङ्सिर, पुषमा आलु रोपेर जेठ र असारमा बारीमा आलु फलेको भएपनि बिक्रीका लागी बजार नपाएर कुहिएर खेर जाने अवस्था रहेको डाडाफयाँ गाउँका किसान जुनकला शाहीले गुनासो पोखे । उनले भने, “सिमकोट बजारमा आलुले राम्रो मूल्य पाउनुका साथै बिक्री पनि हुन्छ, तर सरकारले गरेको निषेधाज्ञाका कारण सिमकोट जान नपाउँदा गाउँमा उत्पादन भएका आलु खेर जाने अवस्था रहेको छ । ” स्थानीय स्तरमा पर्याप्त मात्रामा आलु उत्पादन गरिए पनि उक्त आलुले बजार नपाएको किसानले बताउने गरेका छन् । बिक्रीका लागी गाउँबाट आलु सिमकोट सम्म पुरयायो भने प्रतिकेजी रु १०० देखि माथि बिक्री हुनुका साथै आलुको परिकार हेरेर बिक्री हुने र मूल्य पाइन्छ ।

    पछिल्लो समय वैशाख २२ गतेदेखि जिल्लामा निषेधाज्ञा लागु भएयता गाउँका कृषकहरुले आलु विक्रिका लागि बजार नपाउँदा उत्पादनमा मात्रै सीमित रहेको पाइएको छ । सिमकोट गाउँपालिका वडा २ ठेहे गाउँका जानकला भण्डारीले भने, “यो मौसममा आलु उत्पादनका लागि धेरै महेनत गरियो तर निषेधाज्ञाले जिल्ला सदरमुकाम सिमकोटसम्म गएर आलु बिक्री गर्न नपाएपछि घरमै थुपार्नु बाहेक अन्य विकल्प छैन्, ।” विगतमा सदरमुकाम सिमकोटसम्म लगेर बिक्री गर्ने गरिन्थ्यो भने यो वर्ष कोभड १९ का कारण कतै पनि लान नपाएर घरमै कुवाएर राख्नुपरेको उनको भनाइ छ । जिल्लामा नयाँ उत्पादन गरिएको आलुको मूल्य रु १५० रुपैया पर्ने गरेको छ । तर यो वर्ष आलुनै बिक्री गर्न नपाएपछि अन्य घरायसी सामग्री किनेर खान नपाउँदा दुखित भएको स्थानीय कृषक शाहीले बताउनुभयो । जिल्लामा व्यावसायिक किसानले वर्षको दुई पटक आलु उत्पादन गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस