• विदेश

    अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौं । अफगानिस्तानमा तालिबान समूहले गरेको आक्रमणमा २५५ जनाको मृत्यु भएको छ ।  अफगानिस्तनको आन्तरिक मामिला मन्त्रालयका अनुसार विभिन्न १५ वटा आत्मघाती हमलाहरु गरिएका छन् भने दर्जनौं अन्य हमलाहरु गरिएका हुन् ।

    यी आक्रमणमा २५५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ । तालिवानले रमजानपछि मात्रै २०० वटा विस्फोट गराएका छन् भने १५ वटा आत्मघाती हमला गराएको अफगानिस्तानको समाचार एजेन्सी तोलो न्युजले जनाएको छ ।

    अफगान राष्ट्रपति असरफ घानीले यी आक्रमणबाट थप क्षति हुन नदिन भूमिका खेल्ल्ने सुरक्षा फौजलाई उनले धन्यवाद दिएका छन् ।

    उनले थप ८०० आक्रमणका घटनाहरुलाई सुरक्षा फौजले असफल बनाइदिएको र ८०० भन्दा बढी आतंकवादीलाई पक्राउ गरिएकोसमेत जनाकारी दिएका छन् । उनले पक्राउ परेकाहरुविरुद्ध आतंकवादी आक्रमण गराएको कसुरमा मुद्दा चलिसकेको र कारबाहीको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् ।

    तोलो न्युजको तथ्यांक अनुसार गत महिनाको अवधिमा सर्वसाधारणको मृत्यु हुने दरमा २० प्रतिशत वृद्धि भएको छ ।

    प्रतिकृया दिनुहोस