• समाचार

    दक्षिण अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट ल्याम्ब्डा

      ओमकार टाइम्स

    विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले २९ वटा देशमा कोभिड–१९ को एउटा नयाँ भेरियन्ट ल्याम्ब्डाको पहिचान गरिएको जनाउँदै यसको उत्पति दक्षिण अमेरिकामा  भएको बताएको छ । डब्लुएचओको पछिल्लो साप्ताहिक अपडेटमा दिइएको सूचना अनुसार कोरोना भाइरसको यो नयाँ प्रकार पहिलो पटक पेरुमा फेला परेको थियो ।

    दक्षिण अमेरिकामा व्यापक उपस्थिति देखिएको उक्त ल्याम्ब्डा भेरियन्ट अहिले पेरुमा  व्यापक मात्रामा देखिएको छ । गएको अप्रिलदेखि हालसम्म पेरुमा देखा परेका कोभिडका बिरामीमध्ये ८१ प्रतिशत बिरामी यहि भेरियन्टको सिकार भएको पाइएको छ । सुरुमा यसलाई ब्राजिलमा फेला परेको गामा भेरियन्टभन्दा कम आँकिएको थियो । अन्य दक्षिण अमेरिकी देश अर्जेन्टिना र इक्वेडरले पनि आफ्नो देशमा कोभिडको यो नयाँ  भेरियन्टको संक्रमण  फैलिएको बताएको छ ।

     

    डब्लुएचओका अनुसार ल्याम्ब्डा भेरियन्टमा पनि म्यूटेशन हुन्छ जसले संक्रमणलाई बढावा दिन्छ वा एन्टिबडी बिरुद्ध  भाइरसको प्रतिरोधलाई थप मजबूत बनाउँछ ।

    जेनेभामा मुख्यालय रहेको एक गैर सरकारी संगठनका अनुसार कोरोनाको यो नयाँ भेरियन्ट कति घातक छ भन्ने बिषयमा सिमित जानकारी मात्र उपलब्ध छ । कोरोनाको यो नयाँ भेरियन्टलाई राम्रोसँग बुझ्न थप अध्ययन–अनुसन्धानको आवश्यकता छ ।

    प्रतिकृया दिनुहोस