• खेलकुद

    कोपा अमेरिका – उरुग्वेमाथि अर्जेन्टिनाको जित

      एजेन्सी


    एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले पहिलो जित निकालेको छ ।

    शनिबार बिहानस सम्पन्न भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–० गोलको कठिन जित निकालेको हो ।

    ब्राजिलस्थित नेसनल डी ब्राजिलामा अर्जेन्टिनालाई जिताउन गुइडो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले खेलको १३औं मिनेटमा रोड्रिग्वेजले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्न पुगेको हो ।

     

    त्यसपछि बाकी समय दुबै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना विजयी भयो ।

    उक्त जित सँगै अर्जेन्टिनाले कोपा अमेरिकामा पहिलो जित निकालेको छ । यसअघि अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरीमा रोकिँदै कोपा अमेरिकाको थालनी गरेको थियो । त्यस्तै २ खेलबाट ४ अंक बनाउँदै अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ ।

    समान ४ अंक भएको चिली दोस्रो तथा ३ अंक रहेको पराग्वे तेस्रो र पराजित उरुग्वे भने चौथो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस