• खेलकुद

    खेल हारेपछि कोहलीले रेफ्रीलाई कोठामा छिरेर अपमानजनक भाषा प्रयोग गर्दै थर्काएको खुलासा

      पत्रपत्रिका


     

    जारी १२ औं संस्करणको आईपिएलमा मुम्बई इण्डियन्स विरूद्धको खेल हारेपछि रोयल च्यालेन्जर्सका कप्तान विराट कोहलीले म्याच सकिएपछि नो बल नदिएमा म्याच रेफ्रीलाई कोठामा छिरेर अपमानजनक भाषा प्रयोग गर्दै थर्काएको खुलासा भएको छ।

     

    भारतीय संचारमाध्यम टाइम्स नाओका अनुसार अम्पायरको निर्णयबाट रिसाएका कोहलीले म्याच सकिएपछि म्याच रेफ्री मनु नायरको खओठामा छिरेर उनलाई गाली गरेको जनाएको छ। योसँगै कोहलीले त्यहाँ अरूमाथि पनि ठूलो स्वरमा कराएको उसले जनाएको छ।

     

    कोहलीले सो गर्ने क्रममा अम्पायरलाई यस मामिलामा उनलाई आचारसंहिता उल्लंघन गरेकोमा सजाय भएपनि त्यसको मतलब नभएको बताएका थिए।

     

    कोहलीको टोली मुम्बईसँग ६ रनले पराजित भएको थियो। बै.लोरमा भएको खेलमा जितका लागि विराटको टोलीलाई अन्तिम बलमा ७ रन आवश्यक थियो। सो बल लुसिथ मालिङ्गाले प्रहार गरेका थिए।

     

    ब्याटिङमा रहेका शिवम दुबेले त्यसलाई लङ अन शट हाने तर पिचमा रन लिन दौडिएनन्। रोप्लेमा मालिगांको सो प्रहार नो बल भएको स्पष्ट देखिएको थियो। तर अम्पायर एस. रविले त्यसलाई ध्यान दिएनन् जसका कारण जित मुम्बईको पक्षमा गयो।

     

    कोहली यसै घटनालाई लिएर म्याचमा र म्याचपछि पनि उनीहरूमाथि भड्किएका हुन्।

     

    म्याचपछि कोहलीले भने, ‘हामी आईपिएल खेल्दैछौ, क्रिकेटको क्लब म्याच होइन। अम्पायरले आफ्नो आँखा खुला राखेर काम गर्नुपर्छ। कडा टक्करको म्याचमा यस्ता फैसला भइरहने हो भने के हुन्छ मलाई थाहा छैन। अम्पायर अधिक सजग हुनुपर्थ्यो’

    प्रतिकृया दिनुहोस