• समाचार

    पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध

      ओमकार टाइम्स

    पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ। बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको  दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा अवरुद्ध बनेको हो।

    शनिबार राति १ बजेदेखि राजमार्ग अवरुद्ध भएको घटनास्थलमा रहेका से १ ख १३३३ नम्बर गाडीका चालक धनेश जोशीले जानकारी दिए। उनले भने, ‘सडकमाथिबाट पहिरो खसेको छ। राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ।’

    राजमार्ग अवरुद्ध हुँदा उक्त एम्बुलेन्स, मालबहाक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु अलपत्र परेका छन्।

     

    अवरुद्ध राजमार्ग जेसिबीको सहयताले खोल्ने प्रयास भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए। उनले भने, ‘गाउँपालिकाको जेसिबी लगेर जादैंछौं, लगातारको वर्षाले केही समस्या गर्ला जस्तो छ।’

     

    यसअघि  शनिबार अपराह्न सुर्नया गाउँपालिका–३ धरमघर नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक बेलुका सञ्चालनमा ल्याइएको थियो। केही दिनदेखिको लगातारको वर्षाले यहाँका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भइरहेका छन्।

    प्रतिकृया दिनुहोस