• राजनीति

    विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

      ओमकार टाइम्स

    लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ।   अल्पमत  परेको सरकारले ल्याएको  बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले  बैठक बहिस्कार गरेका हुन् ।

     

    असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो  ।

    तर, आज  बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले  सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए ।

    त्यसपछि काँग्रेस, माओवादी र जसपा  सांसदहरु बैठकबाट हिँडेका थिए ।

    आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।

    प्रतिकृया दिनुहोस