• फिचर समाचार

    हिमानी कोष झापाको अगुवाइमा झापाका चार स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

      ओमकार टाइम्स संवाददाता

    हिमानी कोष झापाको अगुवाइमा झापाका चार वटा स्थानीय तहमा सञ्चालित आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सामाजिक संस्था यूथ फर सेवाले उपलब्ध गराएको स्वास्थ्य सामग्री भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई वितरण गरेको हो ।

    भद्रपुर कोभिड आइसोलेसन केन्द्र कलवलगुरीलाई २ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

    हल्दिबारी २ स्थित कोभिड आइसोलेसन केन्द्रलाई एक थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनलाई हस्तान्तरण गरिएको छ ।

    बाह्रदशी -१ भागुडुब्बास्थित कोभिड आइसोलेसन केन्द्रलाई १ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई हस्तान्तरण गरिएको छ ।                                                                                                                  कचनकवल ६ स्थित कोभिड आइसोलेसन केन्द्र बनियानीलाई १ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामाग्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत मार्फत हस्तान्तरण गरिएको छ ।

    वितरण कार्यक्रम हिमानी कोष झापाको अध्यक्ष पुनम सिंह राजवंशी अगुवाइमा भएको थियो भने कार्यक्रममा छेवाङ्ग कर्मा तामाङ, सन्दीप माझी, कुमार कालिकोटे लगायतको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस