• समाचार

    देउराली यातायात अर्घाखाँचीले लकडाउनको मारमा परेका चालक र सहचालकलाई ७३ लाख रकम राहत

      ओमकार टाइम्स

    रुपन्देही । देउराली यातायात अर्घाखाँचीले लकडाउनको मारमा परेका सवारी धनी, चालक र सहचालकलाई ७३ लाख रकम राहत प्रदान गरेको छ ।

    समितिमा आवद्ध सवारी साधन धनी र कर्मचारीहरूलाई राहत रकम प्रदान गरिएको संस्थाका अध्यक्ष गोविन्द बन्जाडेले जानकारी दिए । सो समितिअन्तर्गत जीप, हाइस र मिनी माइक्रो गरी एक सय ६०सवारी साधन छन् । वैशाख २० गतेदेखि ती सवारीसाधन चल्न सकेका छैनन् ।

     

    अध्यक्ष बन्जाडेका अनुसार प्रत्येक सवारीधनीलाई ४३ हजार, चालक तथा समितिका कर्मचारीलाई जनही ५ हजार र सहचालकलाई ३ हजारका दरले राहत वितरण गरिएको हो ।

     

    समितिले यातायात संचालन हुने समयको ट्रिपशुल्क रसिदबाट उठेको रकम र नयाँ गाडी दर्ता गर्दा संकलित रकम नै संस्थाको मुख्य स्रोत भएको र त्यही रकमबाट राहत वितरण गरिएको अध्यक्ष बन्जाडेले बताए ।

     

    बन्जाडेका अनुसार गतवर्ष पनि देउराली यातायात अर्घाखाँची प्रालिले आफू मातहतका सवारी धनीहरुलाई ५० हजारका दरले राहत वितरण गरेको थियो भने जिल्लाका सबै स्थानीय तहलाई १/१ लाख रुपैयाँ सहयोग गरेको थियो ।

    प्रतिकृया दिनुहोस