• अर्थ

    ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

      ओमकार टाइम्स

    केही दिनको करेक्सन पछि सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो ।

    गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार रुपैंयामा कारोबार भएको थियो ।

     

    महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

    सुनको मूल्य बढिरहँदा यता सोमबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ ।

    महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

    प्रतिकृया दिनुहोस