• अर्थ

    चाँदी प्रति तोलामा ५०० घट्दा सुनको मुल्य कति पुग्यो? हेर्नुस्

      ओमकार

    काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।

    व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा कुनै उतारचढाव देखिएको छैन । जसले गर्दा नेपाली बजारमा पनि मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति तोला फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

    तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा एकसाता याता सुनको मूल्य स्थिर रहेको छ । चाँदी भने तोलामा ५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिकृया दिनुहोस