• समाचार

    मोरङमा लागुऔषध सहित १ जना पक्राउ

      ओमकार टाइम्स


    मोरङ सुन्दरहरैचा नगरपालिका-६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो ।

    प्रहरीले पक्राउ परेका विश्वकर्माले बोकेको व्याग भित्र DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 लेखिएको ४३५ ट्याबलेट र SPASMO-PROXYVON PLUS १४४ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

    प्रतिकृया दिनुहोस