• सम–सामयिक

    खाद्य व्यवस्था र साल्ट ट्रेडिङले खाद्यान्नमा दिँदै आएका छुट अब पाइने

      ओमकार टाइम्स

    काठमाडौँ : सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिंदै आएको छुट बन्द गरेका छन् । निषेधाज्ञा खुकुलो भएको भन्दै अब छुट नदिने निर्णय गरिएको हो ।

     

    उपभोक्ताहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने एसटिसी ग्यास किन्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए ।

     

    साल्ट ट्रेडिङ कर्पाेरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले हालको परिवर्तित स्थितिअनुसार छुट दिन स्थगित गरिएको बताए । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थियो ।

    प्रतिकृया दिनुहोस