• समाचार

    रोल्पामा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु

      ओमकार टाइम्स

    काठमाडौँ : रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको हो ।

     

    रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार गएराति १२ बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले बुढामगरकी आमा ८६ बर्षीया करती बुढामगर, १८ बर्षीया बुहारी सुशीला बुढा मगर र १५ बर्षीया छोरी श्यामकला बुढामगरको पहिरोमा पुरिएर ज्यान गएको हो ।

     

    घटनास्थलमा जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी सहितको टोली जाँदै गरेको प्रवक्ता रानाले बताए । ६ जनाको परिवार रहेको बुढा मगर आफू, उनकी श्रीमती र छोरा भने बाँच्न सफल भएको प्रहरी निरीक्षक रानाले बताए ।

    प्रतिकृया दिनुहोस