• समाचार

    चोरीका १२ वटा मोटरसाइकलसहित तीन जना वीरगञ्जबाट पक्राउ

      ओमकार टाइम्स

    मोटरसाइकल चोरी गरेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट तीनजनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा १५ वर्षका बालकसहित वीरगञ्ज महानगरपालिका–१८ बस्ने २१ वर्षका साहेब साह र २६ वर्षका अवधेस प्रसाद पटेल रहेका छन्।

    पक्राउ परेका उनीहरुमध्ये साहेबले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरि वडा नम्बर २२ जगरनाथपुर ढाटस्थित अवधेशले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा लगि पाटपुर्जा खोली बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

     

    सोहीक्रममा उनीहरुले वीरगञ्ज–२० हरपतगञ्जबाट विवाहस्थलमा राखिएको ना ६२ प ९७१७ नम्बरको मोटरसाइकल चोरी गरि ग्यारेजमा राखेका थिए।

     

    सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ग्यारेजबाट चोरी गरिएको उक्त् मोटरसाइकल र कागजात नभएका पाटपुर्जा खोलिएको अवस्थामा रहेको थप ११ वटा गरि १२ वटा मोटरसाइकल बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

     

    पक्राउ परेका तीनैजनालाई चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

    प्रतिकृया दिनुहोस