• विदेश

    भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ८ सय ४८ कोरोना संक्रमित थपिए

      ओमकार टाइम्स

    भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ८ सय ४८ कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ।

     

    अहिलेसम्म भारतमा ३ करोड २८ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये २ करोड ८९ लाख ९४ हजार ८ सय ५५ जना संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ।

     

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टाको अवधिमा ६८ हजार ८ सय १७ जना संक्रमणमुक्त भएका छन् भने १३ सय ५८ जनाको मृत्यु भएको छ।
    कुल संक्रमित मध्ये ३ लाख ९० हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन्।

     

    अहिले भारतमा ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले बुधबार जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस