• अर्थ

    तोलामा २०० रुपैयाँले घट्यो आज सुनको भाउ

      ओमकार टाइम्स

    काठमाडौँ : बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

     

    बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ ।

     

    यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस