• अर्थ

    शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

      ओमकार टाइम्स

    शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

     

    भने, यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

     

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै ९० हजार रुपैयाँ प्रतितोला कायम भएको छ ।

    प्रतिकृया दिनुहोस