• समाचार

    शहिद परिवारलाई जीवन निर्वाह भत्ता

      ओमकार टाइम्स

    सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले  शहिद परिवारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । छैटौँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्दै शहिद तथा बेपत्ता परिवारलाई प्राथमीकतामा राखेको गाउँपालिका अध्यक्ष अशिम राईले बताए ।

    संघीय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई मासिक र२ हजार निर्वाह भत्ता उपलब्ध गराउने गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आगामी वर्षको लागि ४६ करोड ६२ लाख १६ हजार बढीको बजेट ल्याएको गाउँपालिकाले भूमिहिन सुकुम्बासी परिवारलाई जग्गा समेत उपलब्ध गराउने भएको छ । घर निर्माणका लागि घडेरी खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष राइले बताए ।

    यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वार्षिक ५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको उहाँको भनाइ छ । माझी समुदाय सोलुखुम्बुको थुलुङदुधकोशीको जुबु र मुक्लीमा बसोबास गर्दै आएका छन् । यस्तै गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस