• समाचार

    करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु

      ओमकार टाइम्स

    उदयपुर : उदयपुर ताप्लि–२ घर भई हाल लिमचुङबुङ–३ दोबाटे बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ ।

     

    शुक्रबार दिउँसो १ बजे भैंसी चराउन गएका परियारको सोही स्थानमा रहेको बिजुलीको पोलमा चढ्दा करेन्ट लागी घट्नास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

     

    घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय लिमचुङबुङ र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली गइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस