• समाचार

    झापा- एक पुरुषको शव फेला

      ओमकार टाइम्स

     

    जिल्लाको अर्जुनधारा नगरपालिका १ स्थित बिरिङ खोलामा एक पुरुष मृत फेला परेका छन । मृतक अर्जुनधारा ३ निवासी राजकुमार खनाल रहेकोले प्रहरीले जनाएको छ ।

    बिहान ८ बजे स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेर शनिश्चरे प्रहरी चौकीमा खबर गरेका थिए ।

    प्रहरी चौकी शनिश्चरे र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले शव पहिचान गर्ने क्रममा ४० बर्षीय खनालको भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

    शरीरको माथिल्लो भाग नग्न अवस्थामा स्थानीयले शव देखेका थिए ।

    शुक्रबार राती १० बजेसम्म घरमै रहेका खनाल कति बजे घरबाट निस्किएको भन्ने थाहा नभएको आफन्तले प्रहरीलाई बताएका छन । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस