• समाचार

    थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

      ओमकार टाइम्स

    काठमाडौँको थापाथलीमा मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

     

    मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

     

    शुक्रबार राति ११ : २० बजे माइतीघरबाट थापाथली जाँदै गरेको बागमती प्रदेश-०२-०२६ प ११८१ नम्बरको मोटरसाइकल र थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ ट्रक ठोक्किँदा दुर्घटना भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी सुनील साहले  बताए ।

     

    प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस