• समाचार

    एमालेका पूर्वमाओवादी नेताहरु समायोजन मिलाउन सक्रिय

      ओमकार टाइम्स

    काठमाडौं । सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमै बसेका पूर्वमाओवादी नेताहरुले समायोजन टुंग्याउन गृहकार्य थालेका छन् ।
    सर्वोच्च अदालतको फैसला पछि नेकपा पूर्ववत एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो ।

    पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर राययमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत एमालेमा नै बसेका थिए ।
    उनीहरुले आफूहरुसँगै एमालेमा बसेका अन्य कार्यकर्ताको समायोजन टुंग्याउन गृहयकार्य गरेका हुन् ।

    शनिबार ती नेताहरुले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद तथा प्रदेश कमिटी लगायतमा पूर्वमाओवादीको स्थानबारे छलफल गरेका हुन् ।
    सर्वोच्चको फैसला पछि माओवादी केन्द्रमा नफर्केकाहरुको राजनीतिक स्थान टुंग्याउन छलफल गरिएको टोपबहादुर रायमाझीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस