• समाचार

    हेटौंडा अस्पतालमा भोलिदेखि निःशुल्क डायलिसिस सेवा

      ओमकार टाइम्स

    मकवानपुर : हेटौंडा अस्पतालले भोलि सोमबारबाट मिर्गौलाका बिरामीहरूका लागि निःशुल्क रुपमा डायलिसिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले तत्कालका लागि दैनिक १० जना मिर्गौलाका बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ हेटौंडा अस्पतालले डायलिसिस सेवा सुरु गर्ने तयारी गरेको हो ।

    हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार हेटौंडा अस्पतालमा डायलिसिस सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

    करिव ५ करोड रुपैयाँ लागतमा अस्पतालले निःशुल्क रुपमा मिर्गौलाका बिरामीहरुलाई लक्षित गरी डायलिसिस सेवाको सुरुवात गर्ने तयारी गरेको चौलागाईंले बताए ।

    उनका अनुसार, हेटौंडा अस्पतालमा तत्काल ५ वटा डायलिसिस मेसिन प्राप्त भएको र उक्त मेसिनलाई नेफ्रोलाजिष्ट डाक्टरको संयोजकत्व दैनिक २ पटक बिहान र साँझ संचालन गरी मिर्गौलाका बिरामीहरुलाई सेवा प्रदान गरिने छ ।

    अस्पतालमा डायलिसिस सेवा संचालनका लागि हेटौंडा उप–महानगरपालिकाबाट ३ वटा, बहुराष्ट्रिय कम्पनी युनिलिभर र शिभम् सिमेन्टबाट वटा डायलिसिस मेसिन प्राप्त भएको चौलागाईंले बताए ।

    आगामी १ महिना भित्र थप ३ वटा डायलिसिस मेसिन ल्याएर मिर्गौलाका बिरामीहरुलाई सेवा दिने लक्ष्यसहित अस्पताल संचालन तथा व्यवस्थापन समिति लागिपरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस