• समाचार

    एक महिनादेखि वेपत्ता महिलाको हत्या भएको आशंका , शव गाडिएको अवस्थामा फेला

      ओमकार टाइम्स

    महोत्तरीमा २६ दिनदेखि बेपत्ता एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । लोहरपट्टी नगरपालिका ७ स्थित भ्रमरपुराको धान खेतमा माटोमा पुरिएको अवस्थामा महिलाको शव फेला परेको हो । यद्यपि, महोत्तरी प्रहरीले शव सुजिताकै भए/नभएको बारे पुष्टि हुन बाँकी रहेको जानकारी दिएको छ । पिपरा गाउँपालिका माइती रहेकी सुजिताको घर परिवारले भने उनको हत्या भएको आरोप लगाउँदै निवेदन दर्ता गर्न खोजेको थियो । तर प्रहरीले निवेदन दर्ता गरेको थिएन ।

    आइतबार खोजतलास गर्दै जाँदा खेतमा एउटा शव फेला पारेको प्रहरीले जनाएको छ । सुजिताका बुवा कामेश्वर पाण्डेयले ससुराली पक्षले छोरीको हत्या गरेको आरोप लगाउँदै आएका छन् । घटनाका बारेमा अनुसन्धान भैरहेको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस