• समाचार

    फ्रन्टलाइनमा खटिने पत्रकारलाई काठमाडौं जेसिजले दियाे स्वास्थ्य सामग्री

      ओमकार टाइम्स

    काठमाडौं । काठमाडौं जेसिजले फ्रन्टलाइनमा खटिएका पत्रकारहरूका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।

    मिडिया हेल्प फाउन्डेसनमार्फत्‌ काठमाडौं जेसीजले पत्रकारका लागि सर्जिकल मास्क, स्यानिटाइजर लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएकाे हाे ।

     

    काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठ, जिएलसी अनुप सुनुवार, महासचिव निराेज खतिवडा र उपाध्यक्ष प्रचण्ड भूर्तेलले फाउन्डेसनका संयाेजक नकुल अर्याललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले फ्रण्टलाइनमा सक्रिय पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गर्दै आएकाे छ ।

     

    काठमाडौं जेसीजका अध्यक्ष कैलाश श्रेष्ठले फ्रन्टलाइनमा खटिएर नागरिकलाई सही सूचना र समाचार दिने पत्रकारलाई सहयोग गरिएकाे बताए ।

     

    काठमाडौं जेसीजले निरन्तर रुपमा विपन्नलाई खाना वितरण कार्यक्रम सञ्चालन गरिरहेकाे छ भने रामेछापसहित विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउँदै आएकाे छ ।

    प्रतिकृया दिनुहोस