• समाचार

    बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

      ओमकार टाइम्स

    भक्तपुर । १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका-४ घर भएका ३२ वर्षीय बसन्त दमाईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    बसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस