• राजनीति

    प्रचण्डको काम बिगार्ने र भत्काउने हो- प्रधानमन्त्री ओली

      ओमकार टाइम्स

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको काम नै बिगार्ने र भत्काउने रहेको भन्दै कडा टिप्पणी गरेका छन् । एमालेका नेता मदन भण्डारीको ७० औं स्मृतिसभामा बोल्दै ओलीले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

     

    ‘प्रचण्डको कामै देशलाई बर्बाद बनाउने हो’ ओलीले भने, ‘त्यस्ता मान्छेलाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीसमेत प्रचण्डमार्गी भएको देख्दा अचम्म लाग्छ ।’

    ओलीले कांग्रेससमेत प्रचण्डको पछि लागेको टिप्पणी गरे ।

     

    उनले प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी भएको बताए । ‘प्रचण्डलाई पनि सही लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी छ,’ उनले भने, ‘हामीले सीके राउत, विप्लवलाई यस मार्गमा ल्यायौं ।’

    प्रतिकृया दिनुहोस