• मुख्य

    झापामा असार २१ सम्म निषेधाज्ञा थप

      ओमकार टाइम्स

    झापामा असार २१ गतेसम्मलाई निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले जिल्लामा कोरोना संक्रमण दर घट्दै गएपनि थप जोखिम कम गर्न निषेधाज्ञा थप गर्नु परेको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गरेको सूचनामा अत्यावश्यक सेवा वाहेकका अन्य पसलहरु बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने उल्लेख छ ।

    अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका निजी सवारीसाधन, सिटी र सफारी, अटो रिक्सा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी जोरबिजोर प्रणालीका आधारमा झापा जिल्ला भर सञ्चालन गर्न दिने जनाइएको छ । सरकारी, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरूले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्ने भनिएको छ ।

     

    प्रतिकृया दिनुहोस